पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा चराचुरुङ्गी नियन्त्रण गर्न माग
पोखरा
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको सम्बन्धमा निजी वायु सेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ (आओन) ले आपत्ति जनाएको छ ।
संघले विमानस्थलको भौतिक प्रगतिसँगै प्राविधिक तयारी पुरा नगरी सम्भावित दुर्घटनालाई समेत नजर अन्दाज गरी विमानस्थल सञ्चालनको मिति घोषणा गरेको भन्दै संघले आपत्ति जनाएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन प्राधिकरणले आगामी जनवरी १, २०२३ देखि विमानस्थलको औपचारिक रुपमै सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।
तर, वायु सेवा सञ्चालक संघले पहिलो सम्पूर्ण भौतिक तयारी पुरा गरी सम्भावित जोखिमहरूलाई समेत न्यूनीकरण गरेर मात्र विमानस्थल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेको हो ।
बिहीबार संघको अध्यक्ष क्याप्टेन रामेश्वर थापाले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।