कास्कीका सिडियो जयनारायण आचार्यको सरुवा
पोखरा
कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडियो) जयनारायण आचार्यको सरुवा भएको छ ।
गृह मन्त्रालयद्वारा दर्जन बढी सिडियोको सरुवा गर्नेक्रममा कास्कीका आचार्यको पनि सरुवा गरिएको हो । प्रजिअ आचार्यको ललितपुरमा सरुवा गरिएको बताइएको छ । आचार्यको स्थानमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसी आउने भएका छन् ।