उपचाररत बिरामीलाई भेट्न प्रधानमन्त्री देउवा अस्पतालमा
पोखरा
प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत बिरामी मीत नरबहादुर बलायरलाई आइतबार भेट्दै उनको स्वास्थ्य अवस्थाबारे सोधपुछ गरेका छन् । प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार देउवाले अस्पतालमा छँदा अभावका पुराना दिनहरुको स्मरण गरेका थिए ।
डडेलधुराबाट काठमाडौं आएपछि देउवा डोटीका बलायरसँग एउटै कोठामा १० वर्षसम्म बसेका थिए । उनीहरुले काठमाडौं आएपछि नै मीत लगाएका हुन् । देउवाका मीत नरबहादुरका भाइ वीरबहादुर बलायर कांग्रेसबाट चुनाव जितेरका र मन्त्रीसमेत भएका नेता हुन् ।