पोखरामा ट्रायल दिने २ जना नक्कली परीक्षार्थी पक्राउ



Image: सामाजिक सञ्जाल

पोखरा

कास्की प्रहरीले ट्रायल परीक्षा दिने दुई जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सवारी साधन अनुमति पत्रको परीक्षा दिने र दिन लगाउनेलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर घर भइ पोखरा ८ सभागृह चोक बस्ने वर्ष २६ की निर्मला विश्वकर्मा रहेकी छन् ।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कास्कीबाट भदौ २२ गते संचालन गरिएको वर्ग के स्कुटरको ट्रायल दिने क्रममा विक पक्राउ परेकी हुन् । उनी तनहुँको भानु नगरपालिका २ निवासी मञ्जु पाण्डेको ट्रायल परीक्षामा नक्कली परीक्षार्थी बनेकी थिइन् ।

विकलाई परीक्षा दिन लगाउने तनहुँ भानु नगरपालिका ४ घर भइ जिल्ला पोखरा १७ घारीपाटन बस्ने वर्ष ३५ की निरा रानाभाट पनि पक्राउ परेकी छिन् । दुवैजनालाई शिक्षा ऐन सम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja