२३ बर्श पछि पहिलो महिला अध्यक्षको रुपमा कोपिला श्रेष्ठ निर्वाचित



पोखरा

गोर्खा जिल्ला घर भै ब्यबसाय, शिक्षा, पेसा वा विभिन्न कारणले पोखरामा बस्दै आएका गोर्खालीहरुको साझा संस्थाको रुपमा रहेको गोर्खा मिलन समाजले आज आफ्नो २३ औं साधरणसभा र १२ औं अधिवेशन सम्पन्न गरेको छ।

२०५६ सालमा गोर्खालीहरुको भाइचारा र आपसी सहयोगको लागि स्थापना भएको यो संस्थाले पोखरामा रहेका गोर्खालीको लागि सधैं दिन रात तत्पर रहेर सहयोग गर्दै अघि बढेको छ। पोखरा रास्ट्र बैंक चोक स्थित मझेरी फुड्ल्यान्डमा भएको अधिवेशनको अध्यक्षता कपिल पोखरेलले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेश उर्जा तथा जलश्रोत मन्त्री माननीय हरिशरण आचर्यज्युको उपस्तिथि थियो।

१२ औ अधिवेसनले एतिहासिक कार्यसमिति निर्माण गरेको छ। संस्था निर्माणको २४ औं बर्शमा पहिलो पटक गोर्खा मिलन समाजको नेतृत्व महिलाको हात परेको छ। १२औं अधिवेशनले गोर्खा मिलन समाजको अध्यक्षमा कोपिला श्रेष्ठको टिमलाई सर्वसहम्मत निर्वाचित गरेको छ।कार्यक्रम संचालन कार्यसमिति महासचिव अग्रिम श्रेष्ठले गर्नु भएको थियो। कार्यक्रममा अध्यक्ष कपिल पोखरेल, महासचिव अग्रिम श्रेष्ठ र कोषअध्यक्ष शितल श्रेष्ठले आफ्नो प्रतिवेदन पेस गरेका थिए भने सभाले प्रतिवेदनलाई सर्वसहम्मत पारित गरेको थियो।

कार्यक्रममा सफल कार्यकाल सम्पन्न गरेको भन्दै समाजका पुर्व र निवर्तमान अध्यक्षज्यु हरुले कार्यसमितिलाई शुभकामना दिनु भएको थियो। अध्यक्ष निर्वाचित भएपछी प्रतिवदता जाहेर गर्दै गर्दा अध्यक्षले आफ्नो स्वर्गिय सासुआमा काशीमाया श्रेष्ठको नाममा रु १५०,०००/- रकमको अक्षय कोष पनि खडा गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ।

आफ्नो कार्यकालमा अझै रचनात्मक र भावनात्मक कार्यहरुले गोर्खालीहरुलाई एउटै छानामुनि ल्याउने र अन्तरसमाज माझ गोर्खा मिलन समाजलाई बलियो तरिकाले स्थापित गर्ने गरि अघि बढ्ने प्रतिबद्धता पनि जाहेर गर्नु भएको छ।

२३ औं साधारणसभा तथा १२ औं अधिवेसनबाट कोपिला श्रेष्ठको नेतृत्वमा समितिको उपाध्यक्षमा अग्रिम श्रेष्ठ, महासचिवमा सन्तबहादुर लामिछाने, सचिवमा शितल श्रेष्ठ, कोषाध्यक्षमा गीता खनाल र सह-कोषाध्यक्षमा पुनम गुरुङ श्रेष्ठ चयन हुनुभएको छ ।

सदस्यहरुमा:- बिकास नेपाली, काजिबाबु श्रेष्ठ (गाउँले), शेरबहादुर राना, धिराज श्रेष्ठ, उमेशचन्द्र देवकोटा, दिपक भण्डारी र अनुप पाण्डे छन।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja