पोखराको वन विज्ञान अध्ययन संस्थानलाई क्यूएए प्रमाणपत्र प्रदान



पोखरा

विश्वविद्यालय अनुदान आयोगले पोखराको वन विज्ञान अध्ययन संस्थानलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्रदान गरेको छ । पोखरा क्याम्पसले गुणस्तर मूल्यांकनका सबै चरण सफलतापूर्वक पूरा गरेपछि भदौ २६ मा क्यूएए प्राप्त गरेको हो । 

उच्च शिक्षामा कृषि तथा वनतर्फ क्यूएए पाउने पोखराको वन क्याम्पस नेपालकै पहिलो हो । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमा हाल स्नातक (बीएससी फरेस्ट्री) र स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा ५ सय ४८ विद्यार्थी अध्ययनरत छन् । स्नातकोत्तर तहमा वन, सामुदायिक वन, प्राकृतिक स्रोत व्यवस्थापन तथा ग्रामीण विकास र जलाधार व्यवस्थापन कार्यक्रम सञ्चालनमा रहेका छन् ।

क्याम्पसले बिहीबार एक कार्यक्रम गरी क्यूएए प्रमाणपत्र पाएको खुसी साटेको छ । कार्यक्रममा क्याम्पस प्रमुख विनोदप्रसाद हेयजुले लामो प्रयासपछि क्यूएए प्रमाणपत्र पाएकोमा खुसी व्यक्त गरे ।

उनका अनुसार सन् २०१६ देखि क्यूएएको यात्रा सुरु गरे पनि गति लिन सकेको थिएन । पुन: २०१८ मा क्यूएएको प्रक्रियामा प्रवेश गर्‍यो । प्रक्रियामा गएको चार वर्षपछि क्याम्पसले क्यूएए पाएको हो । ‘शिक्षक, कर्मचारी, विद्यार्थी सबैले आ-आफ्नो ठाउँबाट काम गरेकाले क्यूएए पाउन सफल भयौं,’ उनले भने, ‘अब यसको दिगोपन कायम राख्ने चुनौती छ ।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja