स्याङ्जामा फरार रहेका ४६ प्रतिवादी एकैदिन पक्राउ
पोखरा
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले फरार रहेका ४६ जना प्रतिवादीलाई एकैदिन पक्राउ गरेको छ ।
सार्वजानिक अपराध मुद्दामा विभिन्न मितिमा सुनाइएको फैसलापछि फरार उनीहरुलाई बुधबार स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।फरार रहेका प्रतिवादी पक्राउ गर्ने अभियान कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय मातहतका कार्यालयबाट सादा पोसाकमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा ५ वर्षदेखि फरार प्रतिवादी छन् ।फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जामा कारबाहीका लागि उपस्थित गराएको डीएसपी खनालले बताए । उनका अनुसार पक्राउ परेका ४६ जना प्रतिवादीबाट एक लाख २६ हजार ७५ रुपैयाँ राजस्व असुल भएको छ ।