अनशनरत डा.केसीका प्रतिनिधि र सरकारी टोलीबीच सिंहदरबारमा वार्ता सुरु
पोखरा
धनगढीमा ९ दिनदेखि अनशनरत प्राध्यापक डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच काठमाडौंमा वार्ता सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा वार्ता सुरु भएको हो । यसअघि दुई टोलीबीच गत आइतबार भएको वार्ता निष्कर्षविहीन बनेको थियो । स्वास्थ्य मन्त्रालयका टोलीसँग केसीका प्रतिनिधि हिजो पनि अनौपचारिक छलफलमा जुटेका थिए ।
सरकारले कार्यालयका सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा वार्ता टोली गठन गरेको जनाएको छ ।