हेम्जाको चौरासी नहरको नक्साङ्कन कार्य आजदेखि शुरु
पोखरा
पोखराको हेम्जामा रहेको चौरासी नहरको नक्साङ्कन कार्य आजदेखि शुरु हुने भएको छ । पोखरा-२५ हेम्जाका वडाध्यक्ष मोतिराज तिम्सिनाको नेतृत्व र वडा सदस्य सुभास भण्डारीको संयोजकत्वमा प्राविधिक टोलीले हेम्जाको प्रगतिचोक (चाक्लेकुला)बाट सुईखेत कालिकाचोक (नहरको मुहान)सम्म स्थलगत अवलोकन गरेको हो ।
पुरानो र जीर्ण अवस्थामा रहेको यो नहर वर्षातको समयमा भत्किएर मानव बस्ती डुवानमा पर्ने साथै खेतियोग्य जमिनमा क्षति पुर्याउने भएकोले यसको दीर्घकालिन समाधानको लागि मर्मत सम्भार गर्नुपर्ने भएकोले शुरुवातमा नक्साङ्कन गरि डिपिआर तयार पारेर काम अगाडि बढाइने वडाध्यक्ष मोतिराज तिम्सिनाले बताए ।