लमजुङमा डेंगु नियन्त्रणका लागि उच्च प्राथमिकता



पोखरा

डेंगुबाट संक्रमण हुनेको संख्या बढ्न थालेपछि लमजुङका स्थानीय तह यसको नियन्त्रणका लागि जुटेका हुन् । सदरमुकामस्थित बेँसीशहर नगरपालिकाले डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरुआत गरेको छ ।

कोभिड(१९ को संक्रमणपछि अहिले पुनः डेंगु जोखिम बढेकाले यसको नियन्त्रण गर्नुपर्ने स्थानीय सरकारको दायित्व रहेको बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिह अर्याल बताउँछन्।’डेंगु नियन्त्रणका लागि लामखुट्टेले फूल पार्ने ठाउँहरू खोजी गरेर नष्ट गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोजसिंह बोहराले जानकारी दिए ।

‘लामखुट्टेले फूल पार्न सक्ने सम्भावित स्थानहरू जस्तै पानी जमेको ठाउँ, टायरमा जमेको पानीलाई नष्ट गर्ने अभियान सुरुवात गरेका छौ,’ उनले भने, ‘प्रत्येक वडामा पनि जनप्रतिनिधिको नेतृत्वमा यो अभियान सुरु भएको छ ।’‘सबै जागौँ, सबै लागौ वरिपरि जमेको पानी हटाई डेंगु भगाऔँ’ नाराका साथ सुरु अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संघसंस्था, शिक्षकलाई परिचालन गरिने जनाइएको छ ।

लमजुङमा डेंगुबाट संक्रमित हुनेको संख्या ८४ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja