बंगलादेशविरुद्ध फुटबलमा नेपालकाे सहज जित
पोखरा
बंगलादेशसँगकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले सहज जित निकालेकाे छ । मंगलबार काठमाण्डौको दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले बंगलादेशलाई ३–१ ले हराएको हो ।
नेपालकाे जितमा फरवार्ड अञ्जन विष्टले ह्याट्रिक गरे । उनले खेलकाे पहिलाे हाफमै ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलकाे १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गाेल गरे । खेलको ५५ औँ मिनेटमा बंगलादेशका सज्जाद होसैनले एक गोल गर्दै पुनरागमनको प्रयास गरे ।