पोखरामा बजार अनुगमन तिव्र 



पोखरा

पोखरा महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले एक सातादेखि बजार अनुगमन गरिरहेको छ।

पोखराका मुख्बजारका पसलहरुमा अनुगमन गरिएको महानगरका उपप्रमुख एंव उपभोक्ता हित संरक्षणमा संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिइन्। अनुगमन अन्तर्गत आज मंगलबार पोखरा २५ हेमजाको मिलनचोकका ६ वटा खाद्य पसलमा अनुगमन गरेको छ। अनुगमनमा मुल्यसुचि नभएको, पसल दर्ता र दर्ता भएका पसल नवीकरण नभएका तथा म्याद नाघेका खाद्य सामग्री फेला परेको अनुगमनमा सहभागी महानगरका सहायक पाँचौ ऋषिराम सापकोटाले जानकारी दिए।

अनुगमनमा छ सपसलका सञ्चालनलाई सम्पूर्ण कागजपत्र सहित बुधबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन तारिख दिइएको सापकोटाले जानकारी दिए। उनले पसल सञ्चालन गर्दा दर्ता गरेर बैधानिक रुपमा सञ्चालन गर्न सबै वडा बासिलाई अनुरोध गरेका छ। उनी जनस्वास्थ्यलाई ख्याल गरेर ब्यवसाय सञ्चालन गर्न समेत आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja