राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला हक्कीमा नेपाल आर्मी विजयी



पोखरा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला हक्कीतर्फ आज भएको दोस्रो दिनको पहिलो खेलमा नेपाल आर्मी विजयी भएको छ । आज भएको महिला हक्कीको पहिलो खेलमा नेपाल आर्मीले ८-० को  गोल अन्तरले मधेस प्रदेशलाई हराएको हो । 

खेलको पहिलो क्वाटरमा आर्मीकातर्फबाट सीतामाया बलले गोल गर्न सफल भएकी थिइन् । खेलको सुरुआतीको ५ मिनेटमै बलले गोल गरेकी थिइन् । त्यस्तै खेलको ७ मिनेटमा आर्मीकैतर्फबाट सीमा खड्काले गोल गरेकी थिइन् । 

खेलको दोस्रो क्वाटरमा सीतामाया बलले पुन एक गोल गरिन् । १८ औं मिनेटमा उनले गोल गरेपछि २४ मिनेटमा आर्मीकैतर्फबाट कमला चन्दले पुनः एक गोल गरिन् । त्यस्तै तेस्रो क्वाटरमा सीतामाया र सुनिता नेगीले आर्मीका लागि १-१ गोल गर्न सफल भए । ३९ औं मिनेटमा सुनिताले गोल गरेको एकमिनेट लगत्तै सीतामायाले गोल गरेकी थिइन् । 

अन्तिम क्वाटर फाइलनमा आर्मीकातर्फबाट कमला चन्द र सुनिता नेगीले पुन एक-एक गोल गरेका थिए । यो सँगै आर्मीले खेल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । यसपछिको खेल लुम्बिनी र गण्डकी प्रदेश बीच हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja