पोखरामा राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु
पोखरा
नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडी त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको छ । उनको खेलकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको बेलामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट पोखरा सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको बताइएको छ ।१०० मिटरमाथिबाट खसेर घाइते भएका उनलाई उपचारको लागि मेट्रो सिटी अस्पताल लगिएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।