जनताका समस्या नै मेरा समस्या हो: प्रविधिमन्त्री देवेन्द्र पौडेल
पोखरा
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताका समस्या नै आफ्ना समस्या भएको बताएका छन् ।
बिहीबार गलकोट नगरपालिकामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै जनताको समस्यासँग आफू परिचित भएको बताउँदै जनताको समस्या नै आफ्ना समस्या भएको बताए । उनले लामो आन्दोलन र बलिदानीबाट प्राप्त भएको उपलब्धिको रक्षाका लागि बाम लोकतान्त्रिक शक्ति एक ठाउँमा हुनुपरेको उल्लेख गरे ।
विपक्षीले अर्ग्यानिक उम्मेदवारको हल्ला चलाएको बताउँदै बागलुङको विकाशका लागि धेरै काम गरेको दाबी गरे । “विपक्षीले केही नपाएर अर्ग्यानिक उम्मेदवारको हल्ला चलाएका छन्, म यहीँ बागलुङको माटोमा जन्मिएको हुँ,” उनले भने, “विपक्षीलाई ठाडो चुनौती दिनचाहान्छु जिल्लाको विकाशका लागि मेरो जति भूमिका विपक्षीको छैन ।” उनले जिल्लाका ६ वटै सिट गठबन्धनले अत्यधिक मतले जित्ने दाबी गरे ।