तनहुँ–२ (क) मा एमालेका श्यामराजा महत निर्वाचित
पोखरा
तनहुँ क्षेत्र नम्बर २ (क) मा नेकपा (एमाले)का श्यामराजा महत निर्वाचित भएका छन् ।
आज बिहान सार्वजनिक मतपरिणामअनुसार प्रतिस्पर्धीभन्दा एक हजार ७७२ बढी मत प्राप्त गरी महत प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । महतले १५ हजार ६५३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का राजेन्द्रकेशरी न्यौपानेले १३ हजार ८८१ मत प्राप्त गरेका छन् ।