बागलुङ –१ (१) मा कांग्रेसका थापा र २ (१) मा शेरचन विजयी



पोखरा

बागलुङ–१ (१) मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा विजयी भएका छन् ।

थापाले नेकपा (एमाले)का उम्मेदवार हीराबहादुर केसीलाई एक हजार चार सय ७८ मतान्तरले पराजित गरेका हुन् । थापाले १३ हजार आठ सय ८४ मत ल्याउँदा केसीले १२ हजार चार सय पाँच मत प्राप्त गरेका छन् । थापा पाँचदलीय गठबन्धका साझा उम्मेदवार थिए । यस क्षेत्रमा थापा र केसीसहित पाँच जनाको उम्मेदवारी परेको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य एक हजार चार सय ५०, सामाजिक एकता पार्टीका भक्तबहादुर विक तीन सय सात र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमालले एक सय सात मत प्राप्त गरेका छन् । बागलुङ नगरपालिकाका ११ वडा र काठेखोला गाउँपालिका पर्ने यस क्षेत्रमा ५० हजार दुई सय ८० मतदाता रहेकामा २८ हजार आठ सय २५ मत खसेको थियो । जसमा छ सय ३२ मत बदर भएको छ ।

बागलुङ–२ (१) मा कांग्रेसका शेरचन विजयी

बागलुङ–२ (१) मा नेपाली कांग्रेसका जितबहादुर शेरचन विजयी भएका छन् । शेरचनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरलाई तीन हजार एक सय मतान्तरले पराजित गरेका हुन् । शेरचनले १५ हजार एक सय आठ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गरेका छन् ।शेचरन पाँचदलीय गठबन्धनका साझा उम्मेदवार थिए भने घर्तीलाई नेकपा (एमाले)ले सघाएको थियो । यस क्षेत्रमा शेरचन र घर्तीबाहेक अन्य उम्मेदवार थिएनन् ।

घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बनेका थिए । ताराखोला, बडिगाड गाउँपालिका र गलकोट नगरपालिका पर्ने यस क्षेत्रमा ५४ हजार तीन सय ३४ मतदाता रहेकामा २७ हजार नौ सय ८० मत खसेको थियो । आठ सय ६४ मत बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja