मोरङ क्षेत्र नम्बर ६ को प्रदेशसभा (२) मा कांग्रेसका केदार कार्की विजयी
पोखरा
मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ६ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका केदार कार्की विजयी भएका छन् ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका कार्कीले नेकपा एमालेका पर्शुराम बस्नेतलाई पराजित गरेका हुन् ।उनले १० हजार ४५० मत ल्याउँदा बस्नेतले ९ हजार २७३ मत प्राप्त गरे । कार्की र बस्नेतबीचको मतान्तर १ हजार १७७ छ ।