घट्यो सुनको मूल्य, चाँदीको स्थिर
पोखरा
नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा एक सय रूपैयाँले घटेको छ।आज छापावाल सुन प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुन प्रतितोलामा ९६ हजार ९ सय रूपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य भने मंगलबार स्थिर रहेर १ हजार २८५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ।