‘लोकतन्त्रमा समस्या समाधानको तरिका बल प्रयोग होइन’- ओली



पोखरा

नेकपा एमाले अध्यक्ष ओलीले बल प्रयोगबाट सुकुम्बासी समस्याको समाधान नहुने बताएका छन् ।

राष्ट्रिय जनसांस्कृतिक मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नदी किनारामा छाप्रो बनाएर बसेका सुकुम्बासी शत्रु नभएको भन्दै त्यसअनुसार बल प्रयोग गर्न गलत भएको बताए ।

‘चुप लागेर खोलाको किरानामा बसेको जनतालाई ठीक लगाएर कुन बहादुरी पाइन्छ । कसलाई पराजित गरेर को विजयी हुने ? यहाँ जित र हारको प्रश्न होइन समस्या समाधानको प्रश्न हो,’ उनले भने, ‘लोकतन्त्रमा समस्या समाधानको तरिका बल प्रयोग होइन । तरिका फरक हो । उचित समाधान दिनु र कुनै पनि कुरालाई तर्कपूर्ण तरिकाले समाधानमा पुर्‍याउनु प्रमुख कुरा हो ।’

ओलीले सुकुम्बासीमाथि गरिएको व्यवहार लोकतान्त्रिक आचारणअनुसार नभएको बताए । उनले समस्या गर्न सुकुम्बासी आयोगलाई अघि ल्याउनु पर्ने बताए ।

‘सुकुम्बासी र राज्यको बीचमा हार-जित जस्तो कार्य भयो । सुकुम्बासी हाम्रो दाजुभाइ, दिदीबहिनी हुन् । अलि गरिब भए भन्दै उनीहरुलाई गोद्नु पर्ने, ठोक्नु पर्ने भन्ने कुरा होइन,’ उनले भने, ‘सरकारको उन्माद हो । सरकारको काम लोकतान्त्रिक आचरणअनुसार छैन ।’

सोमबार एकीकृत वाग्मती सभ्यता परियोजनाले थापाथलीस्थित वाग्मती किरानामा बसेको सुकुम्बासीहरुलाई हटाउन खोज्दा झडप भएको थियो । सो क्रममा महानगर प्रहरीका १८ प्रहरी घाइते भएका थिए । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja