अभिनेत्री सामन्था उपचारका लागि दक्षिण कोरिया जाँदै
पोखरा
दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु यतिबेला मायोसिटिस नामको गम्भीर रोगबाट पीडित छिन् । उनी यो रोगको उपचारका लागि दक्षिण कोरिया जाने भएकी छन् ।
गत अक्टोबरमा सामन्थाले आफ्नो रोगको बारेमा जानकारी दिँदै केही समयदेखि रोगको उपचार गरिरहेको खुलासा गरेकी थिइन् । उनले उपचार जारी भए पनि रिकभरीको स्तर निकै कम रहेको बताएकी थिइन् । उनले उपचारमा आयुर्वेद पद्धति अपनाइरहेकी छिन् ।
सामन्था निकटका अनुसार उनी एडभान्स उपचारका लागि केही समय बिताउने गरी दक्षिण कोरिया जान लागेकी हुन् । उनी त्यहाँ केही महिना बस्नेछिन् ।