बढ्यो सुनचाँदीको मूल्य
पोखरा
नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ५ सय रूपैयाँले बढेको छ।आज छापावाल सुन प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुन प्रतितोलामा ९७ हजार ६ सय रूपैयाँ कायम भएको छ। यस्तै, चाँदीको मूल्य भने बिहीबार ४० रूपैयाँले बढेर १ हजार ३३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।