घट्यो सुनचाँदीको मूल्य
पोखरा
नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ सय रूपैयाँले घटेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ५ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुन प्रतितोला ९९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, आज चाँदीको मूल्य पनि ५ रूपैयाँले घटेर १ हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।