बढ्यो सुनचाँदीको मूल्य
पोखरा
नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ८ सय रूपैयाँले बढेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४ सय रूपैयाँमा कारोबार भएको थियो।यस्तै, तेजावी सुन प्रतितोला एक लाख ७ सय रूपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर १ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।