रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने बलियो सम्भावना
पोखरा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने बलियो सम्भावना देखिएको छ ।
मन्त्रालय बागवण्डाका लागि चलिरहेको सत्तासाझेदार दलहरूको बैठकमा लामिछानेले सुरुदेखि नै उपप्रधानसहित गृहमन्त्रालय दाबी गरिरहेका थिए । उपप्रधानसहित गृहमन्त्रीमा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पनि दाबी रहेको थियो ।बैठकमा सहभागी एक नेताका अनुसार श्रेष्ठले विकल्पमा परराष्ट्र मन्त्रालय रोजेकाले लामिछानेले गृह मन्त्रालय पाउने प्रबल सम्भावना भएको हो ।