प्रधानमन्त्री कार्यालयको सुदृढीकरण गर्ने प्रचण्डको पहिलो निर्णय
पोखरा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुदृढीकरणसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै उनले सो निर्णयमा हस्ताक्षर गरेका हुन् । उनले सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न उक्त निर्णय गरेका हुन् ।