पोखरा सडक महोत्सवको तयारी पूरा



पोखरा

अंग्रेजी नयाँ वर्षको ‘ब्रान्ड’ बनेको पोखरा सडक महोत्सवको तयारी पूरा भएको छ ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराद्वारा आयोजित २४ औं संस्करणको महोत्सव बुधबारदेखि सुरु हुँदै छ । महोत्सव ५ दिनसम्म चल्नेछ । सडकमै खाऔं, सडकमै नाचौं र रमाऔं भन्ने नारासाथ आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रेवान पोखराले महोत्सव गर्दै आएको छ ।

लेकसाडइको फिस्टेल गेटदेखि खहरेचोक हुँदै जरेवरसम्म हुने महोत्सवको तयारी पूरा भएको आयोजक रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले सोमबार पत्रकार सम्मेलनमा जनाए । महोत्सवले कोरोनापछि शून्य रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउने विश्वास उनले गरे ।

साथै लोपोन्मुख भेषभूषा, कला, संस्कृति, ग्रामीण भेगमा उत्पादित घरेलु सामग्रीको संरक्षण र प्रवर्द्धन, पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, आर्थिक क्रियाकलाप अभिवृद्धि तथा समग्र आर्थिक विकास र समुन्नतिमा सहयोग पुग्ने आशा लिइएको उनले जनाए ।

महोत्सवका बेला सडकमा अत्यावश्यक सवारी साधनलाई अवरोध नहुने गरी स्वदेशी तथा खाना प्रवर्द्धन, ग्रामीण भेगका कृषि तथा फलफूल प्रदर्शन, लोपोन्मुख सांस्कृतिक कार्यक्रम, खेलकुद, दोहोरी र लाइभ कन्सर्ट हुने बताइएको छ । सडकमा दैनिक राई र लिम्बूको च्याब्रुङ र साकेला नृत्य, भैरव पूजा, तयामचा, लाखे, घाँटु, सोरठी, छेडु, तामाङ सेलो, कौरा, मारुनी, रोदी, झाम्रो नाँच देखाइनेछ । थारुजातिको संस्कृति र पंचेबाजा पनि महोत्सवमा घन्किनेछन् ।

कोमागाने पार्कमा दिनभर लोकदोहोरी र राति लाइभ कन्सर्ट हुनेछ । गौरीघाट, सेन्टर प्वाइन्ट र खहरेमा सांस्कृतिक नृत्य साँझ, रात्रिकालीन बसको व्यवस्था पनि गरिएको छ । सहिद चोक र डिहीको पाटनदेखि बगर, लामाचौर, अमरसिंहचोकसम्म राती ११ बजेसम्म र पुस १५ र १६ मा अवेरसम्म सवारी साधन चल्नेछन । ‘पर्यटन चलायमान बनाउने मुख्य उद्देश्य हो’ भट्टराइले भने, ‘पाहुनाको स्वागत गर्न पर्यटन व्यवसायी तयार रहेको सन्देश यसले दिनेछ ।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja