कांग्रेस गण्डकी संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी
पोखरा
गण्डकी नेपाली कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवा निकटका हुन् । पाण्डेले १८ मत ल्याए ।
पाण्डेसँग प्रतिस्पर्धा गरेका भोजराज अर्यालले ८ मत ल्याए । एक मत बदर भयो । इतर समूहका अर्यालले आफ्नै समूहका भनिएका सांसदको मत पनि पाएनन् । उनी निकट सांसदले १३ मत आकलन गरेका थिए । गण्डकीमा काङ्ग्रेसका २७ सांसद छन् ।