मन्त्रालय घटाउने गण्डकी मुख्यमन्त्री खगराजको उद्घोष
पोखरा
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि खगराज अधिकारीले प्रदेशको मन्त्रालय घटाउने उद्घोष गरेका छन् ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट नियुक्ती लिएलगतै पत्रकारसँग कुरा गर्दै अधिकारीले मन्त्रालय घटाउने उद्घोष गरेका हुन् । अधिकारीको मुख्यमन्त्रीका लागि सपथ कार्यक्रम पनि आजै हुने प्रदेश प्रमुख कार्यायलयले जनाएको छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेको गरि (३३ जना)को समर्थनमा खगराजले मुख्यमन्त्री नियुक्तको दाबी पेश गरेका थिए ।