संसदमा प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
पोखरा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत प्राप्त गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रचण्डलाई दुई जनाबाहेक सबै सदस्यले समर्थन गरेका थिए । प्रधानमन्त्रीले विश्वासको मत मागेको प्रस्तावको पक्षमा २६८ मत परेको थियो । उनको विपक्षमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले मत दिएका थिए ।