गण्डकीका मुख्यमन्त्री अधिकारीले प्राप्त गरे विश्वासको मत
पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन । आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले ३१ सांसदको मतसहित विश्वासको मत प्राप्त गरेका हुन ।
आज बसेको प्रदेश सभामा ५८ जना प्रदेश सांसदको सांसद उपस्थित रहेको थियो । मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसद्मा प्रस्ताव पेश गरेका थिए, सो प्रस्तावमा छलफल पछि भएको मतदान प्रक्रियाबाट उनले विश्वासको मत प्राप्त गरेका हुन । विश्वासको मत पाउने अधिकारी प्रदेश सरकारका पहिलो मुख्यमन्त्रीसमेत हुन ।