बढ्यो सुनचाँदीको मूल्य
पोखरा
नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ। आज छापावाल सुन एक लाख ३ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुन प्रतितोला एक लाख ३ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, चाँदीको मूल्य पनि बिहीबार ५ रुपैयाँले बढेर १ हजार ३ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।