घट्यो सुनको मूल्य, चाँदीको भाउ स्थिर
पोखरा
नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको भाउ स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य १ हजार १ सय रुपैयाँले घटेको छ।
शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।यसअघि बिहीबार छापावाला सुन प्रतितोला एक लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार तेजावी सुनको मूल्य तोलाको एक लाख ५ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।
यसैगरी, चाँदीको मूल्य भने शुक्रबार स्थिर रहँदै १ हजार ३८० रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ।