बागलुङमा दुई किशोरीलाई जबरजस्ती करणी, २ जना पक्राउ
पोखरा
दुई किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्लाको ढोरपाटन नगरपालिका -७ बोबाङ निवासी आयुष बिक र जीवन बिकलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो।
घटना अनुसार मंगलबार राति आयुषले आफ्नै घरमा १६ वर्षीया किशोरी र गत माघ ४ गते आयुषकै घरमा जिवनले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनिहरु माथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।