पाकिस्तानमा बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु
पोखरा
पाकिस्तानको बलुचिस्तानमा आज बिहान बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ ।
पाकिस्तानी मिडिया डनको रिपोर्टअनुसार उक्त दुर्घटना लसबेला जिल्लामा भएको थियो । बसमा ४८ यात्रु सवार रहेका थिए । तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ । सोही कारण बसले पुलका दुई वटा खम्बामा ठक्कर खाएसँगै दुर्घटनामा परेको हो । एक महिला र एक बालकसहित तीन जनाको उद्धार गरिएको बताइएको छ ।