फाल्गुन ४ गतेदेखि पोखराको काहुँडाँडामा महोत्सव हुने
पोखरा
पोखराको काहुँडाँडाको पर्यटन प्रवर्द्धन गर्न पहिलो पटक काहुँ धरहरा महोत्सव आयोजना गरिएको छ ।
जनकल्याण क्लवद्वारा आयोजित महोत्सव फाल्गुन ४ देखि १४ गतेसम्म चल्नेछ । प्रवर्द्धन र विकास गर्दै समृद्ध देश निर्माणका लागि महोत्सव आयोजना गरिएको महोत्सव संयोजक देवबहादुर गुरुङले जानकारी दिए । महोत्सवमार्फत् ग्रामीण पर्यटन तथा पोखराकै दृश्यावलोकनको गन्तव्यका रुपमा विकास गर्ने सकिने उनले बताए ।
महोत्सवले काहुँ क्षेत्रमा आर्थिक क्रियाकलाप वृद्धि हुनुका साथै जनस्तरको आर्थिक विकासमा सहयोग पुर्याउने उनको विश्वास छ । महोत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ५२ लाखको कारोबार हुने अनुमान छ । महोत्सवको आम्दानी पर्यटन पूर्वाधार निर्माण, असहय विद्यार्थीलाई सहयोग गर्ने आयोजकले जनाएको छ । महोत्सवमा राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति, खुला भजन चुट्का प्रतियोगिता, विद्यालय स्तरीय खुला नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, लाइभ म्युजिक कन्सर्ट, स्थानीय उत्पादनको प्रदर्शनी हुनेछ ।