टर्की र सिरियामा भूकम्पका कारण ३०० जनाको मृत्यु



पोखरा

भूकम्पका कारण टर्की र सिरियामा गरी करिब तीन सय जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीमा सोमबार गएको ७.८ म्याग्निच्युटको भूकम्पका कारण दुई देशमा तीन सय जनाको मृत्यु भएको हो । सयौं व्यक्तिहरु घाइते भएका छन् । भौतिक संरचनाहरु पनि ध्वस्त भएका छन् । त्यसलगत्तै सिरियाको स्वास्थ्य मन्त्रालयका अनुसार २३० जनाको मृत्‍यु भएको छ । यस्तै टर्कीका अधिकारीहरुले आफ्नो देशमा ७६ जनाको मृत्‍यु भएको र ४४० जना घाइते भएको बताएका छन् ।

भूकम्पको धक्का साइप्रस, लेबनान, इजरायल र प्यालेस्टाइनमा समेत महसुस गरिएको थियो । टर्कीको गाजियानटेप निवासी अर्डेमले रोयटर्ससँग कुरा गर्दै यत्तिको कडा धक्का अहिलेसम्म महसुस नगरेको बताएका छन् । भूकम्पले पुर्याएको क्षति पछि टर्की सरकारले देशमा संकटकाल घोषणा गरेको छ । टर्कीका गृहमन्त्रीले देशका १० वटा शहरमा भूकम्पले बढी क्षति पुर्‍याएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja