टर्की भूकम्पमा परी मृत्यु हुनेको संख्या ३७ सय ४४ जना पुग्यो
पोखरा
दक्षिणपूर्वी टर्की मा गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परी ज्यान गुमाउनको संख्या ३७ सय नाघेको छ ।
रोयटर्सका अनुसार टर्की र सिरियामा गरि हालसम्म ३७ सय ४४ जनाको मृत्यु भएको हो । हिजो सोमबार बिहानै दक्षिणपूर्वी टर्की मा गएको भूकम्पले मध्यपूर्वका चार देश टर्की, सिरिया, लेबनान र इजरायललाई हल्लाएको थियो । लेबनान र इजरायलमा भूकम्पको धक्का महसुस गरिए पनि कुनै क्षति भएन ।
भूकम्पको केन्द्रबिन्दु टर्की र नजिकैको सिरियाका क्षेत्रमा सबैभन्दा बढी विनाश देखिएको छ । भूकम्प गएको केही समयपछि पराकम्पहरूका बीच केही घण्टापछि ७.६ रेक्टर स्केलको भूकम्प पनि गएको थियो।
टर्कीमा हालसम्म २३ सय जनाको ज्यान गएको छ । ११ हजार घाइते भएको खबर छ । सरकारले ७ दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । यता, सिरियामा १४ सय ४४ जनाको मृत्यु भएको छ भने २ हजारभन्दा बढी घाइते भएका छन् ।