टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८०० पुग्यो



पोखरा

सोमबार टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८०० पुगेको छ । कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएअनुसार भूकम्पका कारण टर्कीमा ३३८१ र सिरियामा १४४४ जनाको मृत्यु भएको छ । अरु कैयौँ घाइते भएका छन् भने धेरै जना बेपत्ता भएका छन् ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समय अनुसार सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराईमा केन्द्रविन्दु भई ७.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा धेरैको मृत्यु भएको छ । भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रससम्म पनि महशुस गरिएको थियो ।

यता भूकम्प पीडितका लागि संयुक्त राष्ट्रसङ्घले विशेष उद्धार तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायहरुले उत्तरी सिरिया र दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्युडको भूकम्पमा परेकालाइै उद्धार र राहतको काम सुरु गरेका हुन् । सो भूकम्पमा परेकाहरुको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घले विशेष टोली पठाएको बताइएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सो कुराको जानकारी दिएका हुन् ।

उनले सो भूकम्पका कारण ज्यान गुमाएका परिवारहरुलाई समवेदना व्यक्त गर्दै आफू ती परिवारका सदस्यहरुको साथमा रहेको बताएका छन् । उनले सबैभन्दा पहिला सो भूकम्पमा परी पुरिएकाहरुको उद्धारमा लाग्न संयुक्त राष्ट्रसङ्घीय उद्धार अधिकारीहरुलाई भनेका छन् । उनले भूकम्पको क्षतिको आँकलनका साथै त्यसमा परेकाहरुको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय र अधिकारीहरु त्यहाँ पुगेका जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja