नवलपरासीको मदारबाबा मेलामा एक भारतीय नागरिकको मृत्यु
पोखरा
नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को विनय त्रिवेणी गाँउपालिका–६ मा पर्ने नकधडवा पहाडमा मदारथान जाने क्रममा मंगलबार बिहान ती भारतीय नागरिकको मृत्यु भएको प्रहरी निरीक्षक गोपाल चालिसेले बताए ।
भारत उत्तरप्रदेश कुशीनगरका ५५ वर्षीय रसुल जनेवाको आज बिहान मृत्यु भएको हो । उकालो पहाड चढ्ने क्रममा समस्या भएपछि त्यहीँ रसुलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी आफ्ना छोरासँगै मदारबाबा मेला भर्न आएका थिए । हिन्दु र मुस्लिम समुदायको आस्थाको केन्द्रको रूपमा रहेको मदार थान मेलामा भक्तजनको घुइँचो छ । माघ २७ गतेदेखि सुरु भएको मेला फागुन ६ गतेसम्म चल्ने छ ।
बाक्लो भीडका कारण मदारथानसम्म जान उकालो पहाड चढ्नुपर्छ । पश्चिम नवलपरासीको सुस्ता महलबारीदेखि बाबाको मुख्य मजारसम्म पुग्न नौ किलोमिटर पैदल हिँड्नुपर्छ । यस वर्ष करिब १० लाख भक्तजन मेलामा आउने कुतबुल मदार बगाह दरगाह कमिटीले जनाएको छ ।