पूर्वस्वास्थ्यमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन
पोखरा
लामो समयदेखि दम र छातीको सङ्क्रमणको उपचार गराइरहनुभएका पूर्वस्वास्थ्यमन्त्री प्रा. डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा आज बिहान अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको छ । उनी मानवअधिकार क्षेत्रका अगुवा थिए ।
वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए । २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए ।