तनहुँमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
पोखरा
जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। शुक्लागण्डकी नगरपालिका -३ भण्डारीगाउँ बस्ने ३९ वर्षीय सुभास कार्कीलाई जबरजस्ती करणीको अभियोगमा प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार कार्कीले बिहीबार विहान २४ वर्षीय महिलालाई जवरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । हाल घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।