खोडेंपोखरीको संरक्षण र सुरक्षित गर्न मेयर आचार्यको निर्देशन
पोखरा
पोखरीमा सोमबार साँझ एक बालकको ज्यान गएपछि मंगलबार स्थलगत अवलोकन गर्दै मेयर धनराज आचार्यले पोखरा-५ प्रस्याङस्थित खोडेंपोखरीको चारैतर्फ तारबार गरि संरक्षण एवं सुरक्षित बनाउन वडाध्यक्ष विष्णुप्रसाद बराललाई निर्देशन दिएका हुन् । पोखरीमा डुबेर बालकको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै उनले परिवारजनमा समवेदना व्यक्त गरे ।