आज तनहुँका ६ पालिकामा मगर दिवसको सार्वजानिक बिदा
पोखरा
मगर दिवसको अवसरमा जिल्लाका ६ वटा पालिकाले आज सार्वजानिक बिदा दिएका छन् ।
४१ औं मगर एकता दिवसको अवसरमा जिल्लाको भिमाद नगरपालिका, घिरिङ, रिसिङ, देवघाट, बन्दीपुर र म्याग्दे गाउँपालिकाले बिदा दिएका हुन् । सार्वजनिक बिदाका दिन पालिकाभित्रका सार्वजनिक निकाय, संघसंस्था, शिक्षक संस्था बन्द रहने छन् । दिवसको अवसरमा जिल्ला भर विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।