एसिया विश्वकप छनोटमा हङकङद्वारा नेपाललाई १२१ रनको लक्ष्य



पोखरा

नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा हङकङविरुद्धको खेल जित्न १ सय २१ रनको लक्ष्य पाएको छ ।

टस जितेर ब्याटिङ गर्न आएको हङकङ ४६.३ ओभरमा १ सय २० रनमै अलआउट भयो । यूएईको अजमानमा भइरहेको प्रतियोगितामा हङकङबाट पार्थ भागवतले सर्वाधिक ३६ रन बनाए । उनले ९३ बल खेली ४ चौका प्रहार गरे । एलियन जाहिरले ६७ बलमा ३ चौकासहित २९ रन बनाए । कप्तान अहान त्रिवेदीले ११ रन बनाए ।

मालेक क्रिकेट मैदानमा नेपालबाट हेमन्त धामीले ३ विकेट लिए । सुवास भण्डारीले १० ओभरमा ३ मेडन राखेर १० रनमात्र खर्चेर २ विकेट लिए । आकाश चन्दले ८.३ ओभरमा ४३ रन खर्चेर २ र दीपेश कँडेलले १ विकेट लिए ।  दीपेशले १० ओभरमा ३ मेडन राख्दै १७ रन खर्चे । नेपालले हङकङका दुई खेलाडीलाई रनआउट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja