इटालीमा डुङ्गा दुर्घटना, ५९ जनाको मृत्यु
पोखरा
इटालीको दक्षिणी क्षेत्रमा आप्रवासी कामदार बोकेको डुङ्गा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।
डुङ्गा दुर्घटना हुँदा १२ बालबालिकासहित ५९ जनाको मृत्यु भएको बीबीसीको समाचारमा उल्लेख छ।दुर्घटनामा परेका ८० जनाको जीवितै उद्धार गरिएको छ। दुर्घटनामा परेका ३० जना अझै हराइरहेका छन्।
दुर्घटनामा बाँचेकाहरूले १ सय ५० जनाभन्दा धेरै सवार रहेको बताइए पनि उद्धारकर्ताले भने दुई सय भन्दा धेरै रहेका बताएका छन्। अफगानिस्तान, पाकिस्तान, सोमालिया र इरानका नागरिका डुङ्गामा थिए। पछिल्लो समय बढ्दो अशान्ति र द्वन्द्वका कारण उनीहरु देश छोडेर हिँडेका समाचार संस्था एएफपीले जनाएको छ। मौसममा आएको खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अध्ययनले देखाएको छ।