सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश



पोखरा

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गरेको छ ।

साथै उनलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले क्रिकेटर लामिछाने राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलाडी भएको हुनाले क्रिकेट खेल्न विदेश जान अनुमति दिने आदेश गरेको हो ।

उच्च अदालत पाटनले गत पुस २८ गते तथ्य र प्रमाणका प्रतिवादीलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएको उल्लेख गर्दै रु २० लाख धरौटी माग थुनामुक्त गर्ने आदेश गरेको थियो । तर विदेश जान वञ्चित गरेको थियो । सर्वोच्च अदालतले विदेश जानका लागि बाटो खुला गरिदिएको छ । आदेशसँग अन्तर्राष्ट्रिय रुपमा क्रिकेट खेल्नका लागि सन्दीपलाई विदेश जान सहज भएको हो । उच्च अदालतकको आदेशपछि सन्दीप विरुद्ध महान्यायाधिवक्ता कार्यालयले दायर गरेको पुनरवलोकन निवेदनमाथिको सुनुवाइपछि अदालतले उक्त आदेश गरेको हो । उक्त मुद्दामा आइतबार र सोमबार बन्द इजलासमा सुनुवाइ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja