पिएनजीद्वारा नेपाललाई १८० रनको लक्ष्य



पोखरा

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शुक्रबार भएको खेलमा पपुवा न्यूगिनी (पीएनजी) ले नेपाललाई १८० रनको चुनौती दिएको लक्ष्य दिएको छ । यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको पीएनजी चार बल बाँकी रहँदा नै अलआउट हुँदै १७९ रन जोडेको हो । 

पीएनजीका टोनी उराले सर्वाधिक ३९, हिरी हिरीले ३१ रन जोड्दा  जोड्दा किप्लिन डोरिगा २६ रनमा पभेलियन फर्किएका थिए । गउडी टोकाले १५ रन बनाएर बोल्ड आउट हुँदा नोर्मान भानुवाले १४ रन बनाए ।  कप्तान आसाद भाला र सेसे बाउले समान ११ रनको योगदान गरे ।नेपालका सोमपाल कामीले २, दीपेन्द्रसिंह ऐरीले २, र सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले समान एक एक विकेट लिए ।
नेपालले केहीबेरमा जबाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja