जिप्रका कास्कीद्वारा फागुपूर्णिमामा उच्छृङ्खल गतिविधि नगर्न आग्रह, गरेमा कार्वाही हुने
पोखरा
जिल्ला प्रशासन कार्यालय कास्कीले फागुपूर्णिमामा अराजक र उच्छृङ्खल गतिविधि नगर्न आग्रह गरेको छ । यदि कसैले गरेको पाइएमा कानून बमोजिम कार्वाही हुने प्रशासनले चेतावनी दिएको छ ।
प्रशासनले आज एक सूचना प्रकाशित गर्दै फागुपूर्णिमा पर्व एकअर्कामा खुशी साटासाट गर्ने पर्व भएको उल्लेख गरेको छ । यस्तो पर्वमा कसैको इच्छा विपरित जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर रंग दल्ने र सवारी साधनबाट रकम अशुल्ने कार्य गरिए कार्वाही हुने प्रशासनले जनएको छ ।