लमजुङको थुम्काडाँडा बस्तीमा अर्थिङ टावर निर्माण
पोखरा
लमजुङको बेसीसहर नगरपालिका–३ गाउँसहर क्षेत्रको थुम्काडाँडा बस्तीमा अर्थिङ टावर निर्माण गरिएको छ ।
उक्त क्षेत्र चट्याङको उच्च जोखिम भएकाले जनधनको सुरक्षा गर्न गाउँमा अर्थिङ टावर राखेर सुरक्षित बनाइएको स्थानीय अजय मजाकोटीले बताए । गाउँको ६ ठाउँमा चट्याङको शक्ति नष्ट गर्ने अर्थिङ टावर राखेर बस्तीलाई चट्याङबाट सुरक्षित बनाइएको स्थानीय देवी श्रेष्ठले बताइन्।